यस्तो छ आजको मौसम पूर्वानुमान

लाेकपाटी न्यूज

काठमाडौं,१ जेठ। आज बुधबार पनि देशभरको मौसममा उताडचढाव हुनेछ। देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू-भागमा मौसम सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ।

देशका पुर्वि र मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्