हातहतियारसहित तीन जना पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। देशका विभिन्न ठाउँबाट हातहतियारसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उदयपुर, ताप्लेजुङ र सर्लाहीबाट आइतबार तीन जनालाई पक्राउ गरेको हो।

उदयपुरको त्रियुगा नगरपालिका- १२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित २० वर्षीय जुलेस रायमाझी पक्राउ परेका छन्। उनी सोही नगरपालिका- ३ भुल्के निवासी हुन्।

त्यस्तै ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका- ४ डुम्रिसेका ४३ वर्षीय नरेश फुयाङ लिम्बु पनि १ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले सोही बन्दुकमा प्रयोग हुने बारुद, सिसाको टुक्रा र दाउ १ थान पनि बरामद गरेको छ।

सर्लाहीको लालबन्दी नगरपालिका-१५ बोरे डाडाका ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गए राति प्रहरीले पक्राउ गरेको छ। मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर भेटिएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्