बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर

Rambahadur_Bamjan
लोकपाटी न्यूज

काठमाडौं। सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ। बमजन आनीहरूलाई यौन दुराचार गरेको र बेपत्ता पारेको कसुरमा पुर्पक्षका लागि थुनामा थिए।

सर्लाहीमा रहेको बाल यौन दुराचारको मुद्दामा उनी दोषी भएका हुन्। केही वर्ष सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोटमा आश्रम बनाएर केही वर्ष बस्दा उनले बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको थियो।

यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। उनीहरुले बमजनको आपराधिक कार्यलाई सहयोग गरेको अभियोग थियो। बारामा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्