काठमाडौं। आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ।
महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ।