बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। बजेटको पक्षमा मतदान गर्न नेकपा एमालेले पार्टीका सांसद्हरुलाई ह्वीप जारी गरेको छ। पार्टीका प्रमुख सचेक महेश बर्तौलाका अनुसार बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको हो।

अहिले बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन एमालेले निर्देशन दिएको छ। यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो।