रुसको एक भवनमा आगलागी, आठ जनाको मृत्यु

लोकपाटी न्यूज

एजेन्सी। रुसको मस्कोमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ। मस्कोको क्षेत्रीय गभर्नर एन्ड्रे भोरयाब्भका अनुसार राजधानीबाट ६ किलोमिटर टाढा उत्तर-पूर्वमा रहेको आठ तले भवनको माथिल्लो तलाबाट आगो सल्केपछि पुरै भवनमा फैलिएको थियो।

आगलागीमा एकजनाको भने उद्धार गरिएको छ भने दुई जनाले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन्। रुसको स्वामित्वमा रहेको उक्त भवन सन् १९९० को दशकदेखि निजी स्वामित्वमा रहंदै आएको थियो।

सो भवनमा ३० वटा कम्पनीको कार्यालय रहेको बुझिएको छ। आगलागी नियन्त्रणका लागि दर्जनौ दमकल र हेलिकप्टर समेत प्रयोग गरेको २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्