चट्याङ लागेर एक जनाको मृत्यु

लोकपाटी न्यूज

दाङ। दाङमा चट्याङ लागेर एकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका १० वर्षीय सुवास विकको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्