हाम्रो प्रचार अब समाजवादको सुन्दर भविष्यतिर केन्द्रित गरौं : महासचिव भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले दलहरूको प्रचार अब समाजवादको सुन्दर भविष्यतिर केन्द्रित हुनुपर्ने बताएका छन्। पार्टी निकट युवा संघ नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले त्यसका लागि सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गर्नुपर्ने बताएका हुन्।

एकीकृत समाजवादीले समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्नुपर्नेमा उनको जोड छ। त्यसको लागि सबै एकजुट हुन महासचिव भुसालले आग्रह गरे। उनले सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समाधान समाजवाद भएको बताए।

संगठन र संघर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्त्वपूर्ण नारालाई दृढतापूर्वक समातौं, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रित गरौं।’