हाम्रा दस्ताबेजले कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्नेछ : भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पारित हुने पार्टीका दस्ताबेजले दशकौंसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकका समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर आफूहरूले कार्यक्रमहरू ल्याउने बताए हुन्।

महासचिव भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने पनि बता। ‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो,’ उनले भने।

उनले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए। महासचिव भुसालले समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने पनि बताए। ‘हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्न सक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौं,’ उनले भने।