विवाहको बाचा गरेर धोका दिएमा १० वर्षको जेल सजाय !

लोकपाटी न्यूज

नयाँ दिलली। भारतमा आजदेखि तीन आपराधिक कानुन कार्यान्वयनमा ल्याइएको छ। ती कानुनमा भारतीय न्याय संहिता, भारतीय नागरिक संहिता र भारतीय साक्ष्य संहिता छन्।

यी कानुन गत वर्ष संसद्का दुवै सदनबाट ध्वतिमतका साथ पारित गरिएको थियो। त्यति बेला विधेयकमाथि दुवै सदनमा करिब पाँच घण्टा बहस भएको थियो। त्यसक्रममा विपक्षका १४० भन्दा बढी सांसदलाई निलम्बन गरिएको थियो।

यी कानुनमा नयाँ व्यवस्था समावेश छ। विवाहको बाचा गरेर धोका दिएमा १० वर्षको जेल सजायजस्ता व्यवस्था यसमा गरिएको छ। यूएपीएजस्तै आतंकविरोधी कानुनलाई पनि यसमा समावेश गरिएको जनाइएको छ।

नयाँ कानुनानुसार, अब सुनुवाइको ४५ दिनभित्र फैसला, उजुरी गरेको तीन दिनमा एफआईआर दर्ता गरिनुपर्ने, पाकेटमारलाई तीन वर्षसम्म जेल सजाय हुन सक्नेलगायत व्यवस्था गरिएको जनाइएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्