डबल सर्किट लागेको सेयर बजारमा ४६ अंकको वृद्धि

share-market-
लोकपाटी न्यूज

काठमाडौं। सेयर बजार आज दोहोरो अंकले बढेको छ। आज सेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अंकले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ। सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको सेयर उच्च अंकले उकालो लागेको छ।

आज हिमालयन डिस्टिलरी कम्पनीको सेयर साढे ८ प्रतिशतले बढेको छ। उच्च अंकले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज कारोबार रकम पनि बढेको छ। हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ। यसअघि आज दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्