राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

uml-office-Chyasal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली काँग्रेससँगको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।

साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली काँग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ। साथै बैठकले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।