टर्की युरो कपको क्वाटरफाइनलमा प्रवेश

tarki
लोकपाटी न्यूज

काठमाडौं। अस्ट्रियालाई हराउँदै टर्की युरो कप-२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एरेना लाइपजिग रंगशालामा भएको खेलमा अस्ट्रियालाई २-१ गोलअन्तरले पराजित गर्दै टर्की क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको पहिलो मिनेटमै मेरिह डेमिरलले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए। टर्कीले अब क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्याण्ड्सपनि रोमानियालाई पराजित गर्दै आजै क्वाटरफाइनलमा आइपुगेको हो।

यो सँगै अब युरो कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ। क्वार्टरफाइनलमा जर्मनीले स्पेन, पोर्चुगलले फ्रान्स, इंग्ल्यान्डले स्वीट्जरल्यान्ड तथा नेदरल्यान्ड्सले टर्कीको सामना गर्नेछन्। क्वार्टरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्