गृहमन्त्री लामिछानेको रिटमा आज पनि सुनुवाइ हुँदै

Rabi_Lamichhane
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। मंगलबार पनि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि आज जवाफी बहस गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी रहेको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम प्रयोग गरी अपचलन गरिएको र लामिछानेको नाममा समेत ऋण लिइएको दाबीसहित मद्दा दायर गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्