रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा

mukul dhakal-tep
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएका हुन्।

महासचिव ढकाल मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन्। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।