महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुन्छ : मनिष झा

Manish_Jha
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने बताएका छन्। बुधबार पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकबाट बाहिर निस्किएका सहप्रवक्ता झाले यस्तो बताएका हुन्।

सहप्रवक्ता झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेका बताए। उनले बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको जानकारी दिए। आन्तरिक कुरा हुने भएकोले केन्द्रीय समितिको बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकार गरिएको उनले बताए।