सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : डा कोइराला

Shashank_Koirala
लोकपाटी न्यूज

इनरुवा। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताए।

प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मंगलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे। कांग्रेस-एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशंका व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशंका चिर्नुपर्नेमा जोड दिए।