प्रधानमन्त्रीलाई एमालेको सुझाव : ‘सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नुस्’

Shankar_Pokharel
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताए।

एमालेले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत समेत पाउने अवस्था नरहेको विज्ञप्तिमा भनिएको छ। सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। एमाले र कांग्रेसबिच नयाँ सत्ता साझेदारी गर्ने समझदारी गरेपनि उक्त समझदारी गोप्य नै राखिएको छ।