राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो।

त्यसअघि विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो। सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।

त्यस्तै बैठकमा बजेट आश्रित तीन वटा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ। राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्