यी हुन् नेकपा एसमा ९३ केन्द्रीय सदस्य (सूचीसहित)

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए। २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ।

दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुङ्ग्याएको हो। एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल बिहीबार नै सर्वसम्मत भएका थिए।

[embeddoc url=”https://lokpati.com/wp-content/uploads/2024/07/yes.pdf”]