लुम्बिनी प्रदेश सभा बैठक स्थगित

lumbini pradesh sava
लोकपाटी न्यूज

बुटवल। आइतबारका लागि बोलाएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ। अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको हो। लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी गरेको सूचनामा विशेष कारण बस सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको उल्लेख गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्