एमालेले बोलायो संसदीय दलको बैठक

uml-office-Chyasal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए। काँग्रेस र एमालेबीच गत सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन संघीय संसद्लाई जानकारी गराएका छन्।