चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

Bishnu_Rimal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा छिमेकी देश चीन भ्रमणमा रहेको टोली र चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका उपसचिव शी युगाङबीच कुन्मिङमा भेटवार्ता भएको छ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सहकार्य, दुई पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो। शुक्रबार भएको भेटले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उपमहासचिव रिमालले बताए।

उनले चीनको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध भएको बताएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनमा गरिबी उन्मूलन र विकास कार्यक्रमका बारेमा प्रकाश पारेको रिमालले जानकारी दिए।