एमाले संसदीय दलको बैठक बानेश्वरमा

uml-logo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)को संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ। संघीय संसद् भवनस्थित ल्होत्से हलमा जारी बैठकले काँग्रेससँगको सत्ता सहकार्यसम्बन्धी सहमतिलाई अनुमोदन गर्ने नेताहरूले बताएका छन्।

बैठकमा एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग भएको सत्ता साझेदारीको विषयमा सांसदहरूलाई जानकारी गराएका छन्। एमाले प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक बसिरहेको बताए।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन्।