नारायणी पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता

dubnu-death
लोकपाटी न्यूज

चितवन। नारायणी नदीको पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्। आइतबार बिहान १०: ४० बजेको समयमा नवपुलरको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

करिब ५०र५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए। विपद व्यवस्थापनसहितको प्रहरी टोलिले अहिले उनको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्