आज सुनको मूल्य हालसम्मकै उच्च

लोकपाटी न्यूज

काठमाडौं। एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यसअघि गत जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्