कसैले चाहँदैमा प्रधानमन्त्रीकाे राजिनामा आउँदैन् : सांसद दाहाल

Rajan -dahal pic
लोकपाटी न्यूज

काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले संविधानानुसार प्रधानमन्त्री अघि बढ्ने बताए। सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएको उनले उल्लेख गरे।

संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।

“सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ। (असार) २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्