कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

dubnu-death
लोकपाटी न्यूज

कञ्चनपुर। कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन्। पुनर्वास- ५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार तालमा डुबेर आरती बोगटी बेपत्ता भएकी छन्। बेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरू तीनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्