सरकार सदनप्रति उत्तरदायी हुनपर्‍यो : प्रमुख सचेतक लेखक

Ramesh_Lekhak
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढी पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताए। सांसद लेखकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए।

उनले भने, ‘सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ। यसमा सरकारले ३० दिन पूरै लिओस्, कुनै आपत्ति छैन। तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्‍यो।’

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे। उनले कञ्चनपुरलगायत जिल्लामा बाढी पहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्