माओवादी केन्द्र संसदीय दलको बैठक आज

mawobadhi-samsadiye-meeting
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ। प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान गरिएको हो।

उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन्।