सुनको मूल्य स्थिर, चाँदी १५ ले घट्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा आज मंगलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय कायम भएको छ। चाँदीको मूल्य १५ ले घटेर एक हजार आठ सय ७० मा किनबेच भइरहेको महासंघले बताएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्