प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा विश्वासको मत फेस गर्ने भएका छन्। बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन्। प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।