जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

कपिलवस्तु। जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ५९ वर्षीया महिलालाई शिवराज नगरपालिका-३ बानियाभारका ३६ वर्षीय किस्मत मगरले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणीको जाहेरी परेपछि मगरलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको अभियोग छ।

उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्