काठमाडौं, २ जेठ। देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वका अधिकांश क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन्। बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ।
अपरान्हतिर पूर्वका केही तथा मध्य र पश्चिमका थोरै पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ। बेलुकातिर हावाहुरी पनि चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन्।