नेकपा एसले बोलायो संसदीय दलको बैठक

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो ३ बजे बानेश्वरमा बस्ने गरी पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन्। विश्वासको मतबारे निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ। एकीकृत समाजवादीका अध्यक्षसहितका नेताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै आएका छन्।