काठमाडौं। काठमाडौं महानगरपालिका- २२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका- १५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ।