यस्तो छ आजको मौसम

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। आइतबार पनि देशको मौसममा उताडचढाव बिहानैदेखि देखिएको छ।देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको हो।

पश्चिमी न्यूनचापीय वायु प्रणालीको प्रभावले देशैभरीका मौसम बिहानैदेखि बदली भई केही क्षेत्रमा बर्षा हुन सक्ने मौसमविद्हरुले बताएका छन्। मौसमविद्का अनुसार आइतबार पश्चिमको मौसम खुल्ने संभावना कम छ।

मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित बर्षा हुने सम्भावना रहेको बताईएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्