चर्चित मोडल एंव निर्देशक लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ गीत बजारमा

pic
लोकपाटी न्यूज

काठमाडौं। चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन ।

’लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौं । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन् ।

गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।

म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन् । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्