सुनको मुल्यमा नयाँ किर्तिमान, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो ।

यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्