सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु संसद्को हिउँदे अधिवेशनबाट पारित हुन्छन् : कानुनमन्त्री

लोकपाटी न्यूज

पर्सा। कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन्।

‘प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ।’

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिए।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताए। उनले भने, ‘आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्