नेकपा एमालेको कार्यालय बनाउन अखिल क्रान्तिकारीको एक रूपैयाँ दान ! 

Annfsu student akhil flag
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ।

आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो।

कार्यक्रममा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु १ सहयोग उठाइएको छ । एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्