रवि लामिछानेको बचाउमा पोखरामा रास्वपाको प्रदर्शन

raswopa-pkr=pradasan
लोकपाटी न्यूज

काठमाडौं। पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन्। पोखराको पृथ्वी चोकमा रास्वपाका नेता तथा कार्यकर्ताहरू जम्मा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन्। सभापति लामिछानेको तस्बिरसहित ‘सक्दैनौं, सक्दै सक्दैनौं, हामी चुप लाग्दैनौं’ लेखिएको ब्यानर राखेर प्रदर्शन गरिएको छ।

आइतबार पनि उनीहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रुग्याँस हानेको थियो। सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई शुक्रबार पक्राउ गरेको थियो।

लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो। अदालतले लामिछानेमाथि छानबिन गर्न ६ दिनको म्याद थप गरेको छ। रास्वपाले भने नियतवश पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।