सत्तारुढ दलको बैठक बस्दै

satta-meeting-uml
लोकपाटी न्यूज

काठमाडौं। आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । आज अपराह्‍न ३ बजे सत्ता समीकरणमा रहेका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ । सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन्।