कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएअनुसार ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको जोशीले बताए।