राजेन्द्र महतोले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

Rajendra_Mahata
लोकपाटी न्यूज

काठमाडौं। राजेन्द्र महतोले आफ्नो नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताको लागि शुक्रबार निवेदन पेश गरेका हुन्।

पार्टीको अध्यक्षमा महतो रहेका छन्। कानुनअनुसार सबै आवश्यक प्रक्रिया पूरा गरी दर्ता निवेदन पेश गरेको अध्यक्ष महतोले जानकारी दिए। अहिले अध्यक्ष र १७३ केन्द्रीय सदस्य रहने गरी दल दर्ता गर्न निवेदन पेश गरिएको नेता केशव झाले जानकारी दिए।

काठमाडौंमा केन्द्रीय कार्यकारिणी समिति रहेको यस दलले नेपालका सबै समुदायको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको बताएको छ। कानुनी प्रक्रिया पूरा भएपछि पार्टीलाई आधिकारिक मान्यता दिने प्रक्रिया अगाडि बढ्ने निर्वाचन आयोगले जनाएको छ।