माइक्रोबस दुर्घटनामा ११ जना घाइते

accident_
लोकपाटी न्यूज

मलेखु। काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१-०३०-च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका-६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइते सबैको महादेवबेँसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु एउटै परिवारको रहेको बताइएको छ। दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्