प्रहरीलाई घुस दिन खोज्ने प्रहरीको खोरमा

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चालक छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ गरेका हुन्। १५ जना मोटरसाइकल चालक पनि पक्राउ परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्