सोसल मिडिया म्यानेजरको तलब ४२ लाख

pic 3
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो परेको छ। बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ।

जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ। जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको लागि काम गर्नुपर्नेछ।उनले महारानीको उपस्थितीलाई सार्वजनिक र अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्नका लागि नयाँ तरिका खोज्नुपर्ने हुन्छ। जागिरको विज्ञापन मा दिइएको छ।

वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरको तलब वार्षीक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ बढी) हुनेछ। उनले सोमबारदेखि शुक्रबार हप्तामा ३७.५ घण्टा काम गर्नुपर्नेछ। साथै, उनलाई वर्षमा ३३ दिनको छुट्टी र दिउँसो खाजा निःशुल्क दिइनेछ। यो जागिर बकिंघम प्यालेसका लागि हुनेछ।

अफिसरले डिजिटल र सोसल मिडियामा हरेक दिन आउने खबरको व्यवस्थापन गर्नुपर्नेछ। यसका साथै केही डिजिटल प्रोजेक्टमा पनि काम गर्नुपर्नेछ। उनले डिजिटल मिडिया विशेषज्ञको सानो टिमसँग काम गर्नुपर्नेछ।
साथै, सोसल मिडिया र डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट लेख्नुपर्नेछ। ती व्यक्तिले राज परिवारसँग जोडिएका सबै गतिविधीमाथि नजर राख्नुपर्नेछ। आवेदको अन्तिम मिति २२ मे (आज) हो ।

योग्यताः
–ग्रेजुएशनको डिग्रीका साथै वेबसाइटको व्यवस्थापनको अनुभव

–सोसल मिडिया व्यवस्थापनमा विशेषज्ञता

– डिजिटल र सोसल मिडियामा कन्टेन्ट लेखेको अनुभव

– कन्टेन्ट मेनेजमेन्ट सिस्टममा काम गरेको अनुभव

एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्