मोदीलाई बधाइ दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने : ‘मोदीसँग मिलेर काम गर्न इच्छुक छाैं’

Imran khan
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। लोकसभा चुनावमा भाजपाको शानदार जित निश्चित भएपछि विश्वभरका नेताहरुले नरेन्द्र मोदीलाई बधाइ सन्देश दिइरहेका छन्। यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ दिएका छन्।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन्। साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन्। जवाफमा मोदीले इमरान खानप्रति आभार व्यक्त गरेका छन्। मोदीले भनेका छन्, ‘तपाईंको शुभकामनाका लागि हृदयदेखि आभार व्यक्त गर्दछु। मैले सधैं आफ्नो क्षेत्रमा शान्ति र विकासलाई प्राथमिकता दिएको छु।’

यसअघि भारतको चुनाव हुनुअघि इमरान खानले एक पत्रकार सम्मेलनमा मोदी दोस्रो पटक पनि प्रधानमन्त्री बनेमा पाकिस्तानको लागि राम्रो हुने बताएका थिए। मोदी फेरि प्रधानमन्त्री बनेमा कश्मीर समस्याको समाधान निकाल्न सकिने उनको विश्वास थियो। यस विषयमा भारत पाकिस्तान धरै अगाडि बढिसकेका थिए।

तर, बालाकोट आक्रमणपछि दुई देशबीच कटुता चर्किंदै गएर भारतले पाकिस्तानमा हवाई आक्रमणसमेत र्गयो।भारतले, पाकिस्तानको आश्रय लिँदै आएका आतंकवादी समूहलाई क्षति र्पुयाएको दाबी गरेको थियो।

भारतको प्रधानमन्त्रीको रुपमा मोदी दोस्रो कार्यकालका लागि दोहोरिने भएपछि नेपाल, भुटान, चीन, अमेरिका, जापान, रुस, श्रीलंका, मालदिभ्स, अफगानिस्तान, पोर्चुगल, इजरायल लगायतका धेरै देशहरुले मोदीलाई बधाइ दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्