आगलागीमा परी २१ को मृत्यु, ज्यान जोगाउन विद्यार्थीको भागाभाग (भिडियोसहित)

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

सूरत, ११ जेठ। गुजरातको एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। गुजरातको राजधानी सूरतस्थित उक्त भवनमा शुक्रबार दिउँसो आगलागी भएको हो।

शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी हुँदा २१ विद्यार्थीले ज्यान गुमाएका हुन्। तक्षशीला कम्प्लेसमा आगलागी हुँदा विद्यार्थीहरुको भागाभाग भएको थियो केही विद्याथीहरुले ज्यान जोगाउन पर्खालबाट हाम फालेका थिए।

आगलागी हुँदा त्यहीं भएको एक व्यक्तिले विद्यार्थीहरुलाई बचाउन कोशीस गरेका थिए। उक्त आगलागीको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पनि भाइरल बनेको छ। तार सट भएर आगो लागेको उक्त भवनमा कोचिङ सेन्टर रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्